• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

चुनावी वाचा सम्झाउँदा गृहमन्त्री गुरुङको जवाफ–पाँच वर्ष काम गर्न दिनुस्

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ११:१८

१ भदौ २०८३ काठमाडौं – गृहमन्त्री सुधन गुरुङसँग गोरखाको शहीद लखन गाउँपालिका–९ का स्थानीयवासीले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न माग गरेका छन्। गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङसँग स्थानीयले आफूले गरेका वाचा पूरा गर्न माग गरेका हुन्।

National Life

स्थानीयको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले चार महिनामै कायापलट गर्न नसकिने बताएका छन्। उनले बजेटका लागि स्थानीय तहबाट योजनाको सूची मागिएको र त्यसैअनुसार काम भइरहेको बताए।

स्थानीयले चुनावका बेला गरेका वाचा सम्झाउँदै ‘त्यसका लागि बजेट खोइ?’ भन्दै प्रश्न गरेपछि गुरुङले भने, ‘चार महिनामा बल्ल पहिलो बजेट आएको छ। चार महिनामा कायापलट गर्न सकिँदैन। भोट फिर्ता लिएर जानुस्, होइन भने मलाई पाँच वर्ष काम गर्न दिनुस्।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले आफूले चुनावकै बेला विश्वास गर्न नसके नजिताउन आग्रह गरेको पनि स्मरण गराए। मन्त्री गुरुङको उक्त अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रतिकृया