• ३२ साउन २०८३, सोमबार
  • २:१९ बिहान

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुछ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार १२:४२

९ माघ २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा ‘क’ वर्गको वाणिज्य बैंकेमाछापुछ्रे बैंकवीच एससीटी युपीआई (SCT-UPI) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र माछापुछ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

Kamana Sewa

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुछ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

Classic Tech Desktop

यस सम्झौता पश्चात माछापुछ्रे बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआई (SCT UPI) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई (SCT-UPI) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श (ATM, POS, e-commerce ) जस्ता सेवा सजिलै लिन सक्ने छन ।

प्रतिकृया