• ३० जेठ २०८३, शनिबार
  • ६:०२ बिहान

आई.एम.ई.लाइफइन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार ०५:२५

६ माघ, २०७९, काठमाडौँ : आई.एम.इ. लाइफइन्स्योरेन्सका बीमाअभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले गत माघ ४ गते एक समारोहको आयोजना गरी उहाँहरुलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त अवसरमा यसपाली एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रुपले सक्षम डेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्पभएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताउनुभयो ।


कम्पनिको समय सापेक्षबजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरितहुनु भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडिआरटि उपलब्धिहासिल गरेको कुरा कम्पनीका प्रमुख सन्चालन अधिकृत दिनेश अमात्यले बताउनुभयो । एमडिआरटिअर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७मा रजिष्टर भएको एमडिआरटि एक बिदेशी संस्थाहो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् ।

Kamana Sewa

यसको प्रधानकार्यालय अमेरिकामा रहेको छ । यो संस्थामाबीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउँछन् । यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने ब्यबस्था रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया