• ३० जेठ २०८३, शनिबार
  • ५:५९ बिहान

सुस्मिता हत्या प्रकरण : ससुरासहित चार जनालाई जन्मकैदको सजाय

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार ०८:२४

६ माघ, २०७९, काठमाडौँ: हेटौंडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसी हत्या प्रकरणणमा संलग्न ४ जनाले हत्या गरेको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।


जिल्ला अदालत मकवानपुरले सुस्मिताको हत्या परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो।

Kamana Sewa

उनका ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला सुनाइएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

Classic Tech Desktop

सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।


सुस्मिताको पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । पतिको दुर्घटनामा मृत्यु भएपछि बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

प्रतिकृया