• ३ असोज २०८३, शनिबार
  • ११ः३५ बिहान

पेस्तोल सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १८ गते, शनिबार १०:२६

दाङ, दाङमा एक व्यक्ति कटुवा पेस्तोल सहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मुलटापाका ३० वर्षीय शिवबहादुर विकलाई शनिबार बिहान २ बजे कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।

National Life

स्थानीय एक होटलमा केही व्यक्तिहरुलाई पेस्तोल देखाउँदै मारिदिन्छु भन्दै तर्साइरहेका बेलामा इलाका प्रहरी कार्यालय कमिरे चौरबाट प्रहरी नायव निरीक्षक गोपालप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले विकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनु भयोे ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको उहाले बताउनु भयो।v

प्रतिकृया