• १२ असोज २०८३, सोमबार
  • ७ः२५ बिहान

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

प्रकाशित मिति

२०७९ कार्तिक २५ गते, शुक्रबार ११:२८

२५ कार्तिक २०७९, काठमाडौँ: पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।

National Life

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाएको सेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण सेयर प्रतिसेयर एक सय अङ्कित दरमा निष्कासन गर्न लागेको हो।


सार्वजनिक आह्वान पत्रानुसार निष्कासित सेयरमध्ये एक लाख ६८ हजार एक सय ९० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र दुई लाख ८० हजार तीन सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ५१ लाख ५७ हजार आठ सय ८० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वसाधारणलाई बिक्री गरिने सेयरमा लगानीकर्ताले यही कात्तिक २९ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी मङ्सिर ९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने छ ।


लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत् तथा मेरो सेयरको वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सकिनेछ ।


ञकम्पनीले लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी, पुर्मु र चुर्मु खोलाको बहाव प्रयोग गरेर ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् ‘ख’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिकृया