• १२ असोज २०८३, सोमबार
  • ६ः४३ बिहान

गरिमा विकास बैंकले गर्यो लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

प्रकाशित मिति

२०७९ कार्तिक २५ गते, शुक्रबार ११:०३

२५ कार्तिक २०७९, काठमाडौँ : गरिमा विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३ प्रतिशतले बोनस सेयर दिने निर्णय गरेको छ। यसका साथै बोनसमा लाग्ने कर तिर्न १.५ प्रतिशत नगद लाभांश पनि फिने भएको छ।

National Life

बैंकले हाल कायम चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने छन्।


प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभासबाट सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया