• १२ असोज २०८३, सोमबार
  • ७ः५९ बिहान

मुक्तिनाथ विकास बैंकद्धारा २६४ जना महिला उद्यमीहरु सम्मानित

प्रकाशित मिति

२०७९ कार्तिक २५ गते, शुक्रबार ११:३५

२५ कात्तिक २०७९, काठमाडौँ :  मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना उद्यम संचलन गरिरहेका २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङ्ग सम्बन्धि आयोजना गरेको साक्षरत कार्यक्रममा देशभरका महिला उद्यमीहरुलाई सम्मान गरेको हो ।

National Life

उक्त कार्यक्रममा लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो । महिला उद्यमीहरुको लागि व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ ।


देशभर संचालन भएकाे कार्यक्रममा स्थानिय निकायका पदाधिकारी, स्थानिय र विभिन्न पेशामा आवद्ध भएका महिला उद्यमीहरुसहित लगभग ३५ सय जनाको उपस्थिति रहेको थियो । बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिकृया