• ५ साउन २०८३, मंगलबार
  • ५:२५ बेलुका

ग्लोबल आइएमई बैंकद्वारा पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ०७:२८

१६ कात्तिक २०७९, काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ ।


बैंकले वडा नं. १७ स्थित बिरौटा र वडा नं. २४ स्थित पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया