• १२ असोज २०८३, सोमबार
  • ९ः५२ बिहान

टी–२० विश्वकपः पाकिस्तानद्वारा भारतलाई १६० रनको लक्ष्य

प्रकाशित मिति

२०७९ कार्तिक ६ गते, आईतवार ०४:२१

६ कार्तिक २०७९, काठमाडौँ: अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई जितका लागि १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ। मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाउन सक्यो ।

National Life

पाकिस्तानका लागि सन मसुदले सर्वाधिक ५२ रनको अविजिति इनिङ खेल्दा इफ्तिखर अहमदले ५१ रनको अर्धशतकीय इनिङ खेले । अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। ओपनर तथा कप्तान बाबर अजाम डकआउट हुँदा मोहम्मद रिजवान ४ रनमै पेभिलियन फर्किएका थिए। तर पाकिस्तानी इनिङलाई सान मसुद र इफ्तिखर अहमदले केही समय समालेका थिए ।


इफ्तिखरले ३४ बलमा ५१ रनको इनिङ खेल्दा २ चौका र ४ छक्का प्रहार गरेका थिए। तर यी दुई खेलाडीबाहेक क्रिजमा आएका अन्य कुनै पनि खेलाडी गतिलो प्रदर्शन गर्न सकेनन् । ७ खेलाडी दोहोरो रनको स्कोर नबनाइ पेभिलियन फर्कीएका थिए। थप दोहोरो रनको स्कोरका रुपमा शाहिन साह अफ्रिदीको १६ रन रह्यो । उनले ८ बलमा १६ रन बनाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतका लागि अर्शदीप सिंह र हार्दिक पाण्ड्याले समान ३–३ विकेट लिएका थिए। त्यस्तै भुवनेश्वर कुमार र मोहम्मद सामीले समान १–१ विकेट लिए ।

प्रतिकृया