तिहार अघिकाे अन्तिम काराेबार दिन नेप्से उकालो यात्रामा
प्रकाशित मिति
२०७९ कार्तिक ६ गते, आईतवार ०४:०७
६ कात्तिक, २०७९, काठमाडौँ: तिहार बिदाअघिको अन्तिम कारोबार दिन आज (आइतबार) नेप्सेले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको छ । नेप्से ०.७८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.८८ अंकले बढेर ३६५.९३ विन्दुमा पुगेको छ ।
कूल २२१ वटा कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ५१ करोड ६८ लाख ३ हजार ४ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूह उकालो लागेका छन् । सबैभन्दा धेरै नन लाइफ इन्स्योरेन्स बढेको छ ।
आज एभरेष्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ५ करोड १६ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यस्तै, आइतबार २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । रू रू जलविद्युत र सयपत्री हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी, यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ९.५५ प्रतिशतले घटेर ८ रूपैयाँ ५ पैसामा झरेको छ ।
प्रतिकृया