सानिमा बैंकले गर्यो लाभांश घोषणा
प्रकाशित मिति
२०७९ कार्तिक ६ गते, आईतवार ०३:५५
६ कात्तिक, २०७९, काठमाडौँ: सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
यस्तो छ सानिमा बैंक लिमिटेडको लाभांश इतिहास :
१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.५ प्रतिशत नगद वितरण गरेको थियो । यो वर्ष बैंकले बोनस वितरण गरेको थिएन ।
२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५.५ प्रतिशत नगद वितरण गरेको थियो । यो वर्ष पनि बैंकले बोनस वितरण गरेको थिएन ।
३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
७. आर्थिक वर्ष २०७३/७४ स् आर्थिक वर्ष २०७३र७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो । यो वर्ष बैंकले नगद दिएको थिएन ।
८. आर्थिक वर्ष २०७४र७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत नगद वितरण गरेको थियो । यो वर्ष बैंकले बोनस दिएको थिएन ।
९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद गरि कूल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो।
११. आर्थिक वर्ष २०७७/७८ ; आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो।
सूचना हेर्नुहोस् :









प्रतिकृया