सानिमा बैंक र पीसीएफबीच सम्झाैता
प्रकाशित मिति
२०७९ कार्तिक ४ गते, शुक्रबार १०:२०
४ कात्तिक २०७९, काठमाडौँ : सानिमा बैंकले Partnership for Carbon Accounting Financials (PCAF) सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ । PCAF विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो ।
PCAF मा विश्वभर छ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भैसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तिव्र रुपमा विस्तार भइरहेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्याउने बताए ।





प्रतिकृया