मध्यपुरथिमिमा पर्यटन दिवस २०२२ कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७९ आश्विन ११ गते, मंगलवार ०६:४५
११ असोज २०७९, काठमाडौँ : आज मंगलबार पर्यटन दिवस २०२२ को कार्यक्रम सम्पन्न गरिएको छ । पर्यटन दिवस २०२२ को उपलक्ष्यमा विनायक शिक्षा निकेतन सेकेन्डरी स्कुल र रोटरी क्लब अफ मध्यपुरको संयुक्त सक्रियतामा अष्ट्रेलियाबाट आएका १० जना पर्यटकहरुलाई स्वागत गर्दै मध्यपुर थिमिको pottery square लगायत विभिन्न सम्पदा क्षेत्रहरूको अवलोकन गरिएकाे छ ।

rotary club of Madhupur का संस्थापक अध्यक्ष तथा बिनायक शिक्षा निकेतन सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले मध्यपुर थिमिलाई साँस्कृतिक पर्यटनको विकासलाई प्रचारप्रसार गर्न र स्थानीय निकायको ध्यानाकर्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन् ।


अष्टेलिया पर्यटकहरुका टिम लिडर एलिसन ब्रेकले मध्यपुर थिमि नेपालको अन्य शहरहरु भन्दा फरक रहेको र Pottery Square बिशेष मन परेको ठाउँ रहेको बताए ।









प्रतिकृया