न्ह्यज्याः खलः थिमिको ६१ औं सम्मेलन
प्रकाशित मिति
२०७९ आश्विन ११ गते, मंगलवार ०१:५२
बाबुकाजी श्रेष्ठ
११ आश्विन २०७९, मध्यपुर थिमि : मध्यपुर थिमिको एक मात्र ऐतिहासिक संस्था न्ह्यज्याः खलःको ६१ औं जन्म दिवस एवं सम्मेलन स्थानीय निगूपुखू परिसरमा सम्पन्न भयो । खलःका अध्यक्ष दामोदर श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा खलःको ६१ औं सम्मेलन नेवाः आन्दोलनका न्ह्यलुवा, नेवाः देय् दबूका संरक्षक एवं नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के। सुन्दरले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे । उद्घाटनको क्रममा मन्तव्य दिंदै उनले “हामी धेरै आन्दोलनहरु गरिसक्यौं, कला, संस्कृति एवं सा“स्कृतिक रुपमै हामी नेवाः समुदाय धनी भएकाले नाक फुलाएका छौं तर नीति निर्माण तहमा हामी सधैं पछाडि परेका छौं, हामीले वर्षैपिच्छे यस्ता विभिन्न साँकृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम, भोज, नाचगान गरिरहेको छौं । यतिले मात्र हाम्रो समस्या समाधान हुन्छ त ?” अव हामी सबै मिलेर सल्लाह गर्नु परियो कि संविधानले दिएको अधिकार सदुपयोग गर्न सिक्नु पर्ने वा गर्नुपर्नेमा जोड दिंदै प्रत्येक घरघरबाट भाषा बोल्ने र सिकाउनेमा लाग्नु परियो साथै आºनो अधिकारलाई सदुपयोग गर्न जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, बागमती प्रदेश पूर्व सांसद् राजेन्द्रमान श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनमा विभिन्न कलाकारहरुले साँस्कृतिक नृत्य, गीत–संगीत प्रस्तुती दिनु भएको उक्त कार्यक्रममा विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका पूर्व अध्यक्ष एवं सल्लाहकार त्रिरत्न शाक्य, गुथिका उपाध्यक्ष महेन्द्र कायस्थ, ओम नरहरि साहु श्रेष्ठ, नविनप्रकाश छुं श्रेष्ठ, बसन्त नकर्मी, तेजकृष्ण श्रेष्ठ, प्रदिप जामनः श्रेष्ठले कविता वाचन गरेका थिए ।
ने।सं। १०८२ कौलाथ्व पारुको दिन तानाशाही एकतन्त्रीय पञ्चायती व्यवस्थाको विरुद्ध आवाज बुलन्द गर्न मध्यपुर थिमिका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक बैकुण्ठहरि साहु श्रेष्ठले स्थापना गर्नु भएको न्ह्यज्याः खलःले विगत ६० वर्षदेखि निरन्तर प्रगतिशी साहित्यिक एवं सा“स्कृतिक सम्मेलन गर्दै आइरहेको समरण रहेको छ ।









प्रतिकृया