• १२ असोज २०८३, सोमबार
  • ८ः३० बिहान

टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले लाखौं जित्दै

प्रकाशित मिति

२०७९ आश्विन ११ गते, मंगलवार ०१:५०

११ असोज २०७९, काठमाडौंः नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै कायापलट’ नामकोविशेष योजना सार्वजनिक गरेको एक महिना पनि नपुग्दै बिराटनगरका मुरारी पाण्डेले
केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि दश लाख नगद पुरस्कार जित्न सफल भएका छन्।

National Life

साथै जनकपुरका राज देव मुखियाले आरएन अटोमोबाइलस बाट टीभीएस रेडर खरिद गर्दा १०० % क्यासब्याक पाउन सफल भएका छन्। यसैगरी धापासी निवासी भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रा लि बाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाएका छन्। कम्पनीका अनुसार हाल सम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्रहाकहरुले लाखौंकोनगद उपहार पाएका छन्। कायापलट’ योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन्। यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ ।


हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई RealmeC30 Smart Phone प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रु ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नुहुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदैआएकोछ । जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीकोनेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातकोउत्कृष्ट सेवा र देशभर जगेडा
पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएकोटू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

प्रतिकृया