• १२ असोज २०८३, सोमबार
  • १ः१५ राती

सत्यमोहन जोशीलाई भेट्न एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल किष्ट अस्पतालमा (भिडिओ)

प्रकाशित मिति

२०७९ आश्विन ११ गते, मंगलवार ०१:३९

११ असोज २०७९, काठमाडौंः नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आज ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । शताब्दी पुरुष जोशी डेंगु संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा भर्ना भएर उपचाररत छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

National Life

शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै अस्पतालमा भेट्न आएकोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धन्यवाद दिए । चिकित्सकहरूले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया