• १२ असोज २०८३, सोमबार
  • ७ः३५ बिहान

नेपाल वायुसेवा निगमद्वारा अनलाइन टिकट बुकिङ शुरु

प्रकाशित मिति

२०७९ आश्विन १० गते, सोमबार ०५:२४

१० असोज २०७९, काठमाडौंः नेपाल वायुसेवा निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेको छ । यस सेवाबाट यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइट www.nepalairlines.com.npबाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

National Life

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवा मार्फत संसारभरका यात्रुहरुलाई निगमको टिकट खरिदमा सहजता हुने प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

प्रतिकृया