• १२ असोज २०८३, सोमबार
  • ८ः११ बिहान

एनसीसी बैंक र कुमारी बैंकबीच मर्जरका लागि सोमबार हस्ताक्षर, १:१ स्वाप रेसियो

प्रकाशित मिति

२०७९ आश्विन १० गते, सोमबार ०५:०४

१० आश्विन २०७९, काठमाडौँ: नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंक मर्ज हुने भएका छन् । सोमबार मेरियट होटलमा मर्जरका लागि हस्ताक्षर समेत भइसकेको छ। एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। सेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको हो ।

National Life

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।


मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ । कुमारीले भने यो योजना ल्याउने छैन। अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन् । एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या ३५५ पुग्ने छ ।

प्रतिकृया