• ११ असोज २०८३, आइतबार
  • ३ः२२ राती

विश्वकप जिते जर्मनीका हरेक खेलाडीले ५ करोड बढी पाउने, पहिलेभन्दा बढ्यो ५० हजार युरो

प्रकाशित मिति

२०७९ आश्विन १० गते, सोमबार ०५:२८

१० आश्विन २०७९, काठमाडौँ : जर्मनीको फुटबल संघ (डीएफबी) ले कतारमा हुन गइरहेको विश्वकपमा च्याम्पियन बने हरेक खेलाडीलाई ४ लाख यूरो (५ करोड बढी रुपैयाँ) रकम दिने घोषणा गरेको छ। अघिल्लो विश्वकपमा ३ लाख ५० हजार यूरो घोषणा गरिएकोमा यो वर्ष ५० हजार युरो डीएफबीले बढाएको हो । उक्त विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसअघि सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप जित्दा जर्मनीको टोलीका हरेक खेलाडीले ३ लाख यूरो प्राप्त गरेका थिए ।

National Life

कतार विश्वकपमा समूह चरण पार गरे ५० हजार युरो, अन्तिम ८ मा पुगे १ लाख युरो, सेमिफाइनल पुगे १ लाख ५० हजार यूरो, तेस्रो स्थान बनाए २ लाख युरो र उपविजेता बने २ लाख ५० हजार प्राप्त गर्ने डीएफबीले जनाएको छ।


समूह ‘ई’ मा जर्मनीसँग स्पेन, कोस्टारिक र जापान छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया