• १३ असोज २०८३, मंगलबार
  • ४ः०१ बेलुका

थिमी नगरपालिकाले भन्यो : ३५ दिन भित्र अवैध संरचना हटाउनु

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०८:२३

१४ भाद्र २०७९, काठमाडौँ : मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

National Life

‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ,’ नगरपालिकाले जारी गरिएको सूचनामा भनिएको छ ।


अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । ‘सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ,’ विज्ञप्ति भनिएको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यकालगायत देशैभरिका अन्य नगरपालिकामा पनि क्रमशः देखिन थालेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया