सल्यानमा अटो दुर्घटना हुँदा २ जना महिलाको मृत्यु, ५ जना घाइते

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०८:२७

accident 1 e1647755010772

१४ भाद्र २०७९, काठमाडौँ : सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् ।


दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएको जिल्ला प्रहरी प्रहरी निरीक्षक खनालले बताए ।


अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा१ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर-१० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

प्रतिकृया