• १२ असोज २०८३, सोमबार
  • १ः५० दिउँसो

गरिमा विकास बैंकले ल्यायो छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने मुद्दति योजना

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०६:५१

१३ भदौ २०७९, काठमाडौँ : गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दति योजना’ सार्वजनिक गरेको छ। महामारीपछिको बढ्दो मुद्रास्फीतिले आमनेपालीको जीविका झनै खर्चिलो हुन पुगेको छ। जसले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा बैंकले छोटो समयमै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो।

National Life

यसका साथै बैंकको यो योजनाले भावी दिनमा आमनेपालीको जीविका सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास राखेको छ। हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। यसका साथै बैंकले चाँडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिकृया