• १२ असोज २०८३, सोमबार
  • २ः५४ दिउँसो

एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटलबिच सम्झौता

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०६:३८

१३ भदौ २०७९, काठमाडौं : नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

National Life

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। कर्णाली प्रदेश, सुर्खेत, जुम्ला रोडकोतर्फबाट उपनिर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लिमा क्याविन ९डिलक्स० मा २५ प्रतिशत, नर्मल क्याविन र होल बढी चेक अपमा २० प्रतिशत, अपरेशन चार्जमा १५ प्रतिशत, सिटी स्क्यान र एक्सरेमा १० प्रतिशत र प्याथोलोजी र फार्मेसीमा पाँच प्रतिशत सम्म छुट प्राप्त हुने बैंकले जानकारी दिएको छ ।


देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया