• ३ साउन २०८३, आइतबार
  • ५:४० बेलुका

पैसाको राजनीति पराजित मानसिकताको उपज हो : सभापति दुर्लभ थापा

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०१:४७

१२ भाद्र २०७९, काठमाडौंः नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले मंसिरमा हुने संघीय निर्वाचनमा आफ्नो उम्मेदवारी हुने बताएका छन् । निर्वाचनको मुखमा सभापति थापाको विषयमा चर्चा परिचर्चा चलिरहेको बेलामा उनले भक्तपुर क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट आफ्नो उम्मेदवारी हुने बताएका हुन् ।


मातृभूमिन्यूजका प्रतिनिधिसँग कुरा गर्दै उनले भने, “गठबन्धनभित्रका व्यक्तिहरुमा उम्मेदवारी घोषणाको सिलसिला चलिरहँदा म पार्टी सभापतिको हैसियतले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु कुनै नौलो कुरा हैन ।” सो क्रममा उनले आफूविरुद्ध अन्य दलहरुले विभिन्न टिकाटिप्पणी गरिरहेको उल्लेख गर्दै ती टिका टिप्पणीहरुलाई पराजित मानसिकताको उपज भएको बताए ।

Kamana Sewa

उनले अगाडि भने,“‘मेरो विषयमा बजारमा अनेक किसिमका चर्चा र परिचर्चा नचलेको हैन । हिजो पैसामा राजनीति जोडिएको थिएन, अहिले केही राजनीतिक व्यापारीहरुले पैसा कमाएका छन्, पैसाका भरमा उम्मेदवारी खरिदबिक्री गर्नेसम्मका चर्चा परिचर्चा चलिरहेका छन् ।” यस किसिमका प्रवृत्तिको अन्त्य भई स्वच्छ र स्वस्थ प्रतिष्पर्धाको जरुरी रहेको उनले बताए ।

Classic Tech Desktop

उनले ती चर्चा र परिचर्चा नै आफ्नो जितका लागि आधार भएको उल्लेख गर्दै थपे, “त्यस्ता चर्चा र परिचर्चा पराजित मानसिकता हो । निर्वाचन हुनुभन्दा गाडिको पराजित मानसिकताले हामीसित निर्वाचन लड्ने औकात र हैसियत राख्दैन ।”


उनले अहिलेको समयमा दलहरुबीच गठबन्धन आवश्यक रहेको समेत बताए । उनले अगाडि भने, “गठबन्धनभित्रबाट जित्न सक्ने उम्मेदवार खडा गर्छौं यसमा काँग्रेस पर्न सक्छ, माओवादी पर्न सक्छ, यसमा नेकपा (एस) पर्न सक्छ । हामी इमान्दारीका साथ गठबन्धनलाई अगाडि बढाउने छौं । गठबन्धनलाई जिताउन लाग्नेछौं ।”


सो क्रममा उनले अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरिरहेको काम ठीक भएको र सो कामलाई आलोचना नगर्न एमालेका नेतालाई आग्रह समेत गरे । स्थानीय तहको अधिकारलाई चुनौति दिनेहरुलाई काँग्रेसले सडकमा नांगेझार पार्ने उनको भनाइ छ ।


एमाले नेता महेश बस्नेतले एक्लै लडेर हराउँछु भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै थापाले बैशाखी टेकेर प्राप्त भएको जितमा धेरै घमण्ड नगर्न चेतावनी दिए । “सिंगल सिंगल भिड्छु भन्नेहरुलाई यसअघि पनि धूलो चटाएकै हौँ । ०७४ सालमा माओवादीको बैशाखी टेकेर जितेँ भन्दैमा घमण्ड नगरे हुन्छ, यस पटक धूलो चटाउँछौ,” उनले भने ।


थापाले काठमाडौंका मेयर बालेन्द्र शाहको कदममा समर्थन जनाउंदै शाहले अल्फा बिटाको अवैधानिक संरचना हटाएर निकै राम्रो गरेको र त्यसमा काँग्रेसको समर्थन रहेको बताए । उनले सांसद महेश बस्नेतले बालेनलाई गरेको गालीले त्यस्ता व्यापारीसँग साँठगाठ रहेको र लुटेको धन त्यस्ता व्यवसायमा लगानी गरेकाले विरोध गरेको हुनसक्ने समेत बताए ।

प्रतिकृया