• २६ भदौ २०८३, शुक्रबार
  • २ः०४ दिउँसो

उपत्यकामा २६ सय ५६ जना सवारी चालकमाथि कारबाही

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार १०:५४

३१ साउन २०७९, काठमाडौं: ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ६५६ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा सोमबार उनीहरूलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

National Life

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १३५, लेन अनुशासन पालना नगर्ने ७८, रेड लाइटमा सवारी साधन चलाउने र नम्वर प्लेट राम्रोसँग नराख्ने २३ जना सवारी चालक रहेका छन्। यस्तै, २ हजार ३५४ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।




Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया