• १४:०१ २०८० चैत्र ६ गते
  • 2:01 pm

कांग्रेस अभिमुखीकरणको आज अन्तिम दिन, यी हुन् पाठ पढाउने गुरुहरु

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ११:००

congress abhimukhikaran 2079

३१ साउन २०७९, काठमाडौं: नेपाली कांग्रेस आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा होमिएसँगै सशक्त भूमिका प्रस्तुत गर्नका लागि आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेसले दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण दिइरहेको छ । आइतबारदेखि शुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको अन्तिम दिन आज पनि विभिन्न विषयका विज्ञहरुले जनप्रतिनिधिलाई पाठ पढाउँदै छन् । ललितपुरको होटल हेरिटेज गार्डेनमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा दुई दिने अभिमुखीकरण कार्यक्रम भइरहेको हो ।


उक्त अभिमुखीकरण कार्यक्रममा कांग्रेसका तर्फबाट स्थानीय तहमा विजयाी मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख–उपप्रमुखको सहभागीता रहेको छ । कांग्रेसबाट ३२९ जना प्रमुख–अध्यक्ष र ३०१ जना उपप्रमुख–उपाध्यक्ष निर्वाचित भएका थिए ।


पहिलो दिन चार वटा महत्वपूर्ण विषयमा विज्ञहरुले जानकारी दिएका छन् । जगदीश भट्टराईले राजस्वको अधिकार र वित्तीय व्यवस्थापन, सन्तोषमणि नेपालले प्राकृतिक स्रोत व्यवस्थापन र अन्तरसम्बन्ध, डा. विश्वनाथ पौडेलले स्थानीय तहको योजना तर्जुमा र संविधानविद् काशीराज दाहालले संविधान र स्थानीय सरकार संचालन र व्यवस्थापन विषयमा जानकारी दिएका हुन् ।


मंगलबार दोस्रो दिन पार्टीका उपसभापति पूर्णबहादुर खड्का (साथमा डा. रुद्र शर्मा), महामन्त्रीद्वय गगनकुमार थापा (साथमा प्रताप पौडेल र ई. दिपेश विष्ट ) र विश्वप्रकाश शर्मा, नेता एवं गृहमन्त्री बालकृष्ण खाँण, प्रवक्ता डा. प्रकाशशरण महतले प्रशिक्षण दिँदै छन् ।


साथै स्थानीय सरकार, असल अभ्यास र अनुभव विषयमा आठ आठ मिनेटको समयसहित नृपबहादुर वड, भीमप्रसाद ढुङ्गाना, वंशलाल तामाङ, दिलिप प्रताप खाँड, वियजशंकर यादव, महेश खरेल, विमल राई, शेख वकिल र लेखनाथ पोख्रेलले आफ्नो भनाइ राख्नेछन् ।


गगनले बिहान ११ देखि १२ः३० बजेसम्म नेपाली कांग्रेसको संकल्प पत्र– स्थानीय सरकारको मार्गचित्र, प्राथमिकता र प्रतिज्ञा विषयमा प्रशिक्षण दिनेछन् । पूर्णबहादुर खड्काले १२ः३० देखि १३ः३० सम्म एक घण्टा स्थानीय सरकारको पार्टी र जनतासँगको सम्बन्धबारे पाठ पढाउने छन् ।


दिउँसो २ बजेदेखि २ः३० बजेसम्म खाँणले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र पछिल्लो घटनाक्रमबारे जानकारी गराउने छन् । त्यस्तै २ः३० देखि ३ः३० सम्म स्थानीय सरकार असल अभ्यास र अनुभव विषयमा पूर्व पालिका प्रमुखहरुले ८–८ मिनेट भनाइ राख्नेछन् । ३ः३० देखि ४ः३० सम्म समसामयिक मुद्दा र कांग्रेसको अडान विषयमा महामन्त्री विश्वप्रकाश शर्माले प्रशिक्षण दिँदैछन् ।


त्यस्तै ४ः३० देखि ५ः३० सम्म निर्वाचन तयारी र प्रचार प्रसार अभियान विषयमा प्रवक्ता डा। प्रकाशशरण महतले जानकारीसहितको प्रशिक्षण दिनेछन् । कार्यक्रममा समापन समारोह ५ः३० देखि ६ः३० बजेसम्म हुने पार्टीले जनाएको छ ।

प्रतिकृया