• २१ भदौ २०८३, आइतबार
  • १०ः२४ बिहान

सूचना प्रविधिमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार छः मन्त्री कुँवर

प्रकाशित मिति

२०७९ श्रावण ५ गते, बिहीबार ०४:२०

५ साउन २०७९, काठमाडौंः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाईबाट लिने सेवालाई अझ प्रभावकारी र गुणस्तरिय बनाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन्। प्रविधि मैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज, गुणस्तरिय र प्रभावकारी ढंगले जनता समक्ष पुग्ने गरी काम गर्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।

National Life

बुधबार मन्त्रालयमा वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहलाई छिटो छरितो एवम् व्यवस्थित गर्न हाल प्रचलनमा रहेको वैदेशिक सूचना व्यवस्थापन प्रणालीमा देखिएका समस्या र वैदेशिक रोजगार सम्बन्धी विविध विषयमा सम्बन्धित सरोकारवाला निकायसँग छलफल गर्दै उनले यस्तो बताएका। उनले वैदेशिक रोजगारीको क्षेत्रमा अन्तराष्ट्रिय बजारमै चर्चा हुनेगरी काम गर्न मन्त्रालय मातहतका प्राविधिक टोलीलाई अनुरोध गर्नु भएको छ। साथै प्राविधिक क्षेत्रमा नयाँ तरिकाले काम गर्न अथवा अनलाईन सेवा सुरु गर्न आर्थिक समस्या भए मन्त्रालयले रकम उपलब्ध गराउन पनि तयार रहेको बताए। कुनै पनि बेला कुनै पनि श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व भएको उनको भनाई थियो ।


उनले भने, ‘वैदेशिक रोजगारमा ९ लाखसम्म ठगिएका गुनासाहरु आइरहेका छन् । यस्ता गुनासोलाई अब सरकार, म्यानपावर कम्पनी र संवयम् कामदारबीच समन्वय गरेर श्रमिक ठगिने न्यूनिकरणमा लाग्नु पर्छ ।’मन्त्री कुँवरले विदेशमा काम गर्ने श्रमिकले ठुलो मात्रामा रेमिट्यान्स पठाइरहेकाले त्यो पैसालाई एकीकृत गरेर व्यवस्थित गर्ने, बैंक प्राणीलाई प्रभावकारी बनाउने र अझै श्रमिकलाई प्रोत्साहन हुने काम गर्ने बताउनु भयो ।

Classic Tech Desktop

अहिले सरकारले परिचयपत्र, इ पासर्पोट, श्रम स्वीकृत, कल सेन्टर, विदेशबाटै श्रम स्वीकृत गर्ने, औषधी उपचार सेवा दिने जस्ता कामहरु अनलाईन बाटै गरिरहेको छ । त्यस्तै अनलाइनबाट दिने सेवामा सबैभन्दा प्रभावकारी श्रम स्वीकृत दिनेकाम भइरहेको छ ।


छलफल कार्यक्रममा मन्त्रालयका सचिव, उपसचिव, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग लगायतका कर्मचारीको सहभागि रहेको थियो । उनीहरुले आफुहरुले दिने सेवालाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि सबै विभागबाट एक, एक जना प्रतिनिधि मिलेर समिति समेत बनाउनु भएको छ । समितिले प्राविधिक रुपमा देखा परेका समस्यालाई पहिचान गरी समाधानका लागि पहल गर्ने काम गर्ने छ।

प्रतिकृया