• २१ भदौ २०८३, आइतबार
  • ११ः१४ बिहान

नेप्सेमा ५.८७ अंकको गिरावट

प्रकाशित मिति

२०७९ श्रावण ५ गते, बिहीबार ०३:३४

५ साउन २०७९, काठमाडौंः आज (बिहीबार) सेयर बजारमा करेक्सन देखिएको छ। गत सोमबार घटेपछि मंगलबारदेखि सेयर बजार लगातार बढिरहेको थियो। यस अवधिमा नेप्से परिसूचक १२९.११ अंकले बढेको थियो। आज फेरि बजारले ओरालो यात्रा तय गरेको हो ।

National Life

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा झरेको छ । नेप्से ०.२९ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले बढेर ३९१.६४ विन्दुमा पुगेको छ।कूल २२५ वटा कम्पनीको ३९ लाख ८ हजार ३ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ। बैंकिङ्ग र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको हो। बिहीबार पनि शिवम् सिमेन्टको नै सर्वाधिक कारोबार भएको छ। कम्पनीको १७ करोड ८० लाख एक हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

Classic Tech Desktop

आज सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। कम्पनीको सेयरमूल्य ३.१६ प्रतिशतले बढेर ३ सय २६ रूपैयाँ पुगेको छ।यस दिन १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सबैभन्दा धेरै घटेको छ। उक्त डिबेञ्चरको मूल्य ६.७१ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४६ रूपैयाँमा झरेको छ ।

प्रतिकृया