नेता ज्ञवालीको दुखेसोः अमेरिकाको भान्छाको फोटो छापेर ‘ट्रोल’ बनाइयो
प्रकाशित मिति
२०७९ श्रावण ५ गते, बिहीबार ०४:४६
५ साउन २०७९, काठमाडाैंः नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले महँगी नियन्त्रण जस्तो गम्भीर मुद्दा उठाउँदा सत्तापक्षले आफ्नोबारेमा ‘ट्रोल’ बनाएर विषयान्तर गरेको दुखेसो पोखेका छन्। बिहीबार संसदको विशेष समयमा महँगी, अभाव र कालो बजारीबारे बोल्दै गर्दा उनले भने, ‘मैले केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा बोलेको कुरालाई लिएर अमेरिकाको फोटो छापेर मलाई ट्रोल गरियो।

ट्रोल छापेर उहाँहरुको भान्छा सस्तो हुन्छ भने होस्। भान्छा सस्तो होस्।’ नेता ज्ञवालीले महँगी नियन्त्रण गर्न नसकेका र उपभोक्ताप्रति गैरजिम्मेवार व्यक्तिहरुले मुद्दालाई विषयान्तर गर्नका लागि आफ्नो ट्रोल बनाएर दुस्प्रचार गरको बताए। केही दिनअघि एउटा कार्यक्रममा ज्ञवालीले महँगीले गर्दा दुई थोक तरकारी पकाउन नसकिने अवस्था रहेको बताएका थिए र, आफूले एक थोक तरकारी मात्र खाने गरेको तर्क राखेका थिए।
उनको यो भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालहरुमा नेता ज्ञवालीले व्यन्जनकार भोजन गरीरहेको फोटो हालेर ट्रोल गरिएको थियो। ज्ञवालीले त्यो फाटो अमेरिका भ्रमणमा गएका बेला खाना खाएको तस्बिर भनेर स्पष्ट पारेका छन्।




प्रतिकृया