• २० भदौ २०८३, शनिबार
  • ५ः२४ बिहान

नेपाल एयरलाइन्सले तीन वर्षपछि भुक्तानी गर्यो निगमको जहाजको किस्ता रकम

प्रकाशित मिति

२०७९ श्रावण ५ गते, बिहीबार ०५:११

५ साउन २०७९, काठमाडौंः नेपाल वायुसेवा निगमले (नेपाल एयरलाइन्स) कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषको बक्यौता रकम भुक्तानी गरेको छ।लामो समयसम्म बक्यौता रकम भुक्तानी गर्न नसकेको निगमले असार ३० गते दुई कोषलाई १ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी गरेको हो ।

National Life

२०७६ साल पुसको किस्ता भुक्तानी गरेपछि निगमले दुबै कोषलाई रकम भुक्तानी गर्न सकेको थिएन।करिब तीन वर्षपछि निगमले कर्मचारी सञ्चय कोषलाई न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरेको हो ।


यस्तै, नागरिक लगानी कोषलाई बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिईन।उनका अनुसार कोभिडका कारण निगमको आम्दानी खुम्चिदा बक्यौता रकम भुक्तानीमा समस्या भएको थियो । विस्तारै अवस्था सहज हुँदै गएपछि बक्यौता रकम भुक्तानी गर्न सुरु गरिएको हो ।

Classic Tech Desktop

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण मात्रै ३७ अर्ब ५८ करोड रुपैयाँ थियोे । तर समयमा किस्ता रकम भुक्तानी गर्न नसक्दा निगमको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन ऋणमात्रै करीब ५० अर्ब पुगेको छ। ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्तमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण लगानी गरेका थिए । निगमले दुई थान वाइडबडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

प्रतिकृया