• १३ असोज २०८३, मंगलबार
  • २ः०१ दिउँसो

महिला युरो: आजदेखि क्वार्टरफाइनलका खेल हुँदै

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार १२:४३

४ साउन २०७९, काठमाडौंः महिला युरो कप २०२२ को क्वार्टरफाइनलका खेलहरु बुधबार रातिदेखि सुरु हुँदै छ। युरो कपको पहिलो क्वार्टरफाइनलमा आज मध्यराति इल्याण्ड र स्पेन भिड्दै छन्। घरेलु टोली इल्याण्डसमुह ए को विजेताको रुपमा क्वार्टरफाइनल खेल्न लागेको हो। उपाधि जित्ने लक्ष्यमा रहेको घरेलु टोली अपराजित रहेर अन्तिम ८ मा स्थान पक्का गरेको हो।

National Life

स्पेन समूह बी को उपविजेता बन्दै इल्याण्डसँगको भेट पक्का गरेको हो। स्पेनले समूह चरणका ३ खेलमध्ये २ मा जित र एक खेलमा हार भोगेको थियो। समूह ए बाट इल्याण्ड सबैभन्दा पहिला क्वार्टरफाइनलमा पुग्ने टोली हो। नर्वेलाई ८–० को फराकिलो अन्तरले पाखा लगाउँदै इंग्ल्याण्ड अन्तिम ८ मा पुगेको हो।


समुह ए बाट इंग्ल्याण्ड र अष्ट्रिया क्वार्टरफाइनलमा पुगेका हुन्। समूह बी बाट जर्मनी र स्पेन, समुह सी बाट स्वीडेन र नेदरल्याण्ड तथा समुह डी बाट फ्रान्स र बेल्जियमले अन्तिम ८ मा स्थान पक्का गरेका हुन्। दोस्रो क्वार्टरफाइनल खेलमा स्वीडेन र बेल्जियम खेल्नेछन्। तेस्रो क्वार्टरफाइनलमा जर्मनी र अष्ट्रिया भिड्दा अन्तिम खेलमा फ्रान्स र नेदरल्याण्ड खेल्ने तालिका छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि २०१७ मा भएको महिला युरोकपमा नेदरल्याण्ड्स च्याम्पियन बनेको थियो। नेदरलयाण्डले डेनमार्कलाई पराजित गर्दै उपाधि उचालेको थियो। नेदरल्याण्डकी फरवार्ड लाइके मार्टेन्सले खुट्टाको चोटका कारण सेमिफाइनल खेल गुमाउनेछिन्। स्वीटजरल्याण्डसँगको खेलका क्रममा लाइकेले चोट बोक्न पुगेकी थिइन्।

प्रतिकृया