• १३ असोज २०८३, मंगलबार
  • २ः५० दिउँसो

श्री स्टिल्सका छड भारतमा निर्यात सुरू

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार १२:२९

४ साउन २०७९, काठमाडौंः रूपन्देहीको श्री स्टिल्सबाट टिएमटी छड पनि भारत निकासी सुरू भएको छ। श्री स्टिल्सले मंगलबार भारत निर्यातको सुरूआत गरेको हो। पहिलो दिन ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो। यसअघि सिमेन्ट भारत निकासी हुँदै आएकोमा श्री स्टिल्सबाट टिएमटी छड पनि निर्यात गरिएको हो।

National Life

प्रालिका प्रबन्ध निर्देशक राजेश अग्रवालको अध्यक्षता, रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरी निर्यात शुभारम्भ गरिएको हो। प्रालिका प्रबन्ध निर्देशक अग्रवालले भारतीय बजारको माग अनुसार निर्यात बढाउँदै जाने जानकारी दिए। उनले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार निर्यात सुरू गरिएको बताए।


अग्रवालले यो निर्यातको सुरूआत र सफलता उद्योगको मात्र नभई राष्ट्रकै सफलता भएकोले स्टिल्स मात्र नभई अन्य उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे। वर्षको १५ लाख मेट्रिक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको अग्रवालले बताए। केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित श्री स्टिल्सले टिएमटी छड उत्पादन गर्दै आएको प्रालिका ब्राण्ड म्यानेजर दीपक शाहले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जानकारी दिए। श्री स्टिल्सले प्रतिघण्टा ४० टन छड उत्पादन गर्ने क्षमता रहेकोमा हाल दैनिक ८ सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। रोहिणी गाउँपालिका वडा नम्बर ३ सेमरहवामा स्थापना गरिएको श्री स्टिल्समा तीन अर्ब रुपैयाँ लगानी रहेको अग्रवालले जानकारी दिए।

प्रतिकृया