• १३ असोज २०८३, मंगलबार
  • ३ः४३ दिउँसो

सीसीटीभी फुटेज ‘रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार १२:०९

४ साउन २०७९, काठमाडौंः बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज ‘रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ।बुधबार सबै सिस्टम ल्याबमा पठाइने छ ।

National Life

इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्युरोको विज्ञको सुझावका आधारमा अर्थ मन्त्रालयले उपलब्ध गराएको सिस्टमलाई ल्याबमा पठाउने निर्णय समितिले गरेको हो ।


विशेष समिति सचिव सुरेन्द्र अर्यालले विज्ञसँगको परामर्शका आधारमा डिभाइस ल्याब पठाउने निर्णय भएको बताए।अर्यालले भने, “फुटेज डिलिट भइसकेको अवस्थामा के गर्न सकिन्छ भनेर हामीले आईओई र साइबर ब्युरोका विज्ञसँग परामर्श गरेका थियौँ, उहाँहरूको सुझाव फरेन्सिक ल्याब पठाऊ भन्ने भयो । गोरखापत्र दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया