• १३ असोज २०८३, मंगलबार
  • ५ः२९ बेलुका

चट्याङ लागेर किशोरको मृत्यु, बालकसहित दुई घाइते

प्रकाशित मिति

२०७९ असार ३१ गते, शुक्रबार ०८:२०

३१ असार २०७९, ताप्लेजुङ : जिल्लामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।

National Life

मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिकृया