• १३ असोज २०८३, मंगलबार
  • ६ः०२ बेलुका

कान्तिपुर टेलिभिजनले आईपीओ जारी गर्दै

प्रकाशित मिति

२०७९ असार ३१ गते, शुक्रबार ०८:४०

३१ असार २०७९, कठमाडौँ : कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने जानकारी दिएका हुन् ।

National Life

सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।


१९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया