• २१ भदौ २०८३, आइतबार
  • ११ः१२ बिहान

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समितिको प्रेस विज्ञप्ती

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार ०५:२६

१९ असार २०७९,काठमाडौंः पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति, नेपाल लाइफ इन्स्योरेन्सको तेश्रो अधिवेशन (१७–१८ अषाढ २०७९) वाग्मती प्रदेश मकवानपुर जिल्लाको हेटौंडामा भब्यताका साथ सम्पन्न भयो । केन्द्रिय अधिवेशन समुद्घाटन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रJTUCCका अध्यक्ष प्रेमल कुमार खनालले भब्य कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा पेशागत बीमा अभिकर्ता संघका केन्द्रिय अध्यक्ष नन्द प्रसाद तिवारी, नेपाल लाइफ इन्स्योरेन्सका निमित्त कार्यकारी अधिकृत सुशिल कुमार चौधरी र बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रबिण रमण पराजुली, पेशागत बीमा अभिकर्ता संघ नेपाल केन्द्रिय प्रमुख सल्लाहकार हरिहर प्रसाद मैनाली, बीमक समितिका पदाधिकारीहरु लगायतले सम्बोधन गर्नु भएको थियो ।

National Life

उद्धघाटन कार्यक्रमको अध्यक्षता बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र अमात्य र कार्यक्रम सञ्चालन सचिव ऋषिराम भुसालले गर्नु भएको थियो । दुई दिनसम्म सञ्चालन भएको अधिवेशनको बन्द सत्रले बीमक समितिका अध्यक्ष राजेन्द्र अमात्यले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष संजय कुमार ढकालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सल्लाह सुझाव सहित सर्वसम्मत रुपमा पारित गरिएको छ । साथै अधिवेशनले निम्न ६ बुंदे पेशागत तथा बीमा सम्बन्धी महत्वपूर्ण प्रस्तावहरु पारित गर्दै संगठनको बिधान बमोजिम कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा १६ सदस्यिय बीमक समिति सर्वसम्मत निर्वाचित गरको छ । जसमा बरिष्ठ उपाध्यक्ष अम्बिका प्रसाद तेली, उपाध्यक्ष चन्द्रकला पौडेल, सचिव तेज प्रसाद तिवारी, सह–सचिव नेत्र प्रसाद ढकाल, कोषाध्यक्ष शैलेन्द्र दाहाल, सदस्यहरु क्रमशः लिलावती कंडेल (लक्ष्मी), तेज प्रसाद प्रसाइ, भक्ति प्रसाद भट्टराई, चन्द्र नारायण दास, सीता थेवे, ज्ञान प्रसाद पौडेल, लक्ष्मी भट्ट, मनोज कुमार यादव, शंकर थापा सोमई मगर, सरिता ठाकुर रहनु भएको छ भने मनोनित कोटाबाट कर्णाली प्रदेशबाट केन्द्रिय सदस्यमा निम कुमारी पुनलाई चयन गरको छ ।


पेशागत तथा बीमा सम्बन्धी समसामयिक प्रस्तावहरु
१. बोनस दर न्यूनतम रु.६५– प्रति हजार प्रति वर्ष कायम गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
२. जनतालाई सर्वसुलभ बीमा योजनाहरु जारी गरी बीमाको दायरा विस्तार गरि यसका माध्यमबाट राष्ट्रिय पूंजी निर्माणको प्रकृया अगाडी बढाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दछ ।
३. केटाकेटीहरुको जीवन बीमा हाल गरिएको जोखिम बहन र मृत्यु रकम दावी भुक्तानी सम्बन्धी व्यवस्थामा परिवर्तन गरियोस ।
४. बीमा अभिकर्ताहरुको जीवन बीमा-दुर्घटना बीमा-औषधी उपचार बीमा कम्पनीबाट नै गर्ने व्यवस्था गरियोस ।
५.संगठित तथा असंगठित क्षेत्र तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा सुविधामा आबद्ध गराउन योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७५ लागु भई सकेको सन्दर्भमा बीमा क्षेत्रका सम्पूर्ण बीमकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यो अधिवेशन बीमा समिति तथा सम्बद्ध बीमा व्यवस्थापन ध्यानाकर्षण गर्दछ ।
६. बीमा ऐन संसोधन गरी बीमा नीति तर्जुमा गर्ने निकाय बीमा समितिमा सम्पूर्ण बीमा अभिकर्ताहरुको पेशागत बीमा अभिकर्ताहरुको संगठन पेशागत बीमा अभिकर्ता संघ नेपालको तर्फबाट प्रतिनिधित्व गराउने व्यवस्था गरियोस ।
तेश्रो केन्द्रिय अधिवेशन बिभिन्न प्रतिकुलता र चुनौतीहरुका बाबजुद पनि भब्यताका साथ सम्पन्न भएको यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छु । अबिधेशनलाई भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

Classic Tech Desktop

प्रतिकृया