• २१ भदौ २०८३, आइतबार
  • १०ः५५ बिहान

आईजीपी सिंहका वकिललाई बहस सक्न ५ बजेसम्मको समयसीमा

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार ०५:१३

१९ असार २०७९,काठमाडौंः नेपाल प्रहरीको प्रमुख (आईजीपी) धीरजप्रताप सिंहका कानुन व्यवसायीलाई बहस सक्न आज (आइतबार) ५ बजे सम्मको समय दिइएको छ।आईजीपी सिंहविरुद्ध एआईजी विश्व पोखरेलले दिएको रिटमा आज अन्तिम बहस भइरहेको छ। कामु प्रधानन्यायाधीश दिपक कार्कीले भने, ‘५ बजेसम्म हामी बस्छौँ। तपाईंहरूले त्यतिबेला सम्ममा बहस सक्नुस्।

National Life

’आईजीपी सिंहका तर्फबाट भिमार्जुन आचार्य, सुशील पन्त, टिकाराम भट्टराई र रामनारायण बिडारीले बहस गरिसकेका छन्। १९ वकिलको वकालतनामा बुझाइएको छ। आईजीपीको मुद्दामा वैशाख २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पोखरेलको मागअनुसार अन्तरिम आदेश त दिएन, तर छिटो सुनुवाइ गर्ने आदेश भने जारी गरेको थियो।


पोखरेलले इजलासमा पटक–पटक अवकाश पहिले नै फैसला माग गरेका छन्। सर्वोच्चले पनि छिटो फैसला गर्नुपर्ने आशय आदेशमा दिएको थियो। जेठ १७ गते दोस्रोपटक पेशी तोकिएको थियो। त्यो दिन सुनुवाइ हुन नसकेपछि जेठ ३० गतेलाई अर्को पेशी तोकियो। अहिले भइरहेको यो अन्तिम सुनुवाइ हो।

Classic Tech Desktop

प्रतिकृया