• १३ असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

बेल अमेरिकी क्लबमा अनुबन्ध

प्रकाशित मिति

२०७९ असार १२ गते, आईतवार ०८:४०

१२ असार २०७९, काठमाडौँ : फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा फ्री ट्रान्सफरमा एक सिजनका लागि अनुबन्धित हुने भएका छन्।

National Life

वेल्सका कप्तान तथा फरवार्ड ३२ वर्षीय बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लब विहीन थिए । बेलले ९ वर्ष रियलमा बिताएर सिजनको अन्त्यसँगै क्लब छाडेका थिए।


सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन् । यस अघि लस एन्जलसले इटालीका पूर्व डिफेन्डर तथा पूर्व कप्तान जर्जियो केलिनीलाई अनुबन्ध गरिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया