• १४ असोज २०८३, बुधबार
  • १०ः४३ राती

महिला टी-२०सिरिज: नेपालको दोस्रो जित,युगान्डालाई उपाधि

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०५:२९

७ जेठ २०७९, काठमाडौँ : महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको छ। अन्तिम दुई खेलमा जित निकाले पनि सिरिज भने अघिल्लो तीन खेलमा लगातार जित निकाल्दै युगान्डाले जितिसकेको छ ।

National Life

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले युगाण्डालाई १२४ रनको लक्ष्य दिएको थियो । तर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै युगण्डाले जम्मा ९० रन मात्र बनाउन सक्यो ।


युगान्डाका लागि भने ओपनरद्वय केविन अविनोले १५, फियोना कुलुमी र साकिरा साडिकले ८- ८, जनेत बाबाजीले १०, रीता मुसामानी २६, सुसन ककाइले ७ रन जोडिन् । नेपालका लागि ईन्दु बर्मा र सीता राना मगरले २ र २ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र हिरनान्माये रोयले समान १- १ विकेट लिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९, कविता जोशीले अविजित १८, सीता राना मगरले १७, अप्सरी बेगमले ११, इन्दु बर्माले ८ रन जोडे ।


कप्तान रुविना क्षेत्री र डली भट्ट शून्यमै रनआउट भए ।

प्रतिकृया