• २१ जेठ २०८३, बिहीबार
  • ८:२२ बिहान

धनकुटामा वडा सदस्यमा विजयी सूर्जे मगरको मृत्यु

प्रकाशित मिति

२०७९ जेष्ठ १ गते, आईतवार १२:२५

१ जेठ २०७९, काठमाण्डौं : धनकुटाको चौविसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको मृत्यु भएको छ । उनी आफू विजय भएको खबर पनि सुन्न नपाई बेहोस भएका थिए । मधुमेह र उच्च रक्तचापका बिरामी मगरको गए राति मृत्यु भएको हो ।


अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए। तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भएको जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया