• १४ असोज २०८३, बुधबार
  • १०ः४२ राती

नेपाल र जिम्बाब्वे ए बीचको खेल वर्षाका कारण स्थगित

प्रकाशित मिति

२०७९ बैशाख १७ गते, शनिबार ०१:२०

१७ बैशाख २०७९, काठमाण्डौं : नेपाली क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ टोलीबीचको पहिलो एक दिवसीय खेल वर्षाका कारण स्थागित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सुरु हुने भनिएको खेल निरन्तर वर्षाका कारण स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो ।

National Life

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।


सिरिजमा ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ । क्यानले स्थगित गरेको खेलको मिति भने तय गरेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया