• १४ असोज २०८३, बुधबार
  • ११ः५९ राती

स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख १७ गते, शनिबार ०१:०६

१७ बैशाख २०७९, काठमाण्डौं : काठमाडौँबाट स्रोत नखुलेको १६ लाखसहित दुुई जना पक्राउ गरेको छ । काठमाण्डौंको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित शनिबार बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।


सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरेको प्रहरीले जनाएको छ । सो घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया