• १४ असोज २०८३, बुधबार
  • १०ः४२ राती

विकेशले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता नजनाउने

प्रकाशित मिति

२०७९ बैशाख १७ गते, शनिबार ०९:३५

१७ बैशाख २०७९, काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै उनले प्रशिक्षणमा सहभागी नहुने बताएका हुन् ।

National Life

यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट हुँदा हुँदै मिडियामा बोलेको आधारमा टिमबाट निकालेको गुनासो गरे ।


‘म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथिहरुको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु,’ विकेशले सामाजिक सञ्जालमा लेखेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया