• १४ असोज २०८३, बुधबार
  • ११ः५९ राती

आफैं दुई वर्ष समय थप्ने प्रयास गरेका आईजीपी केसी बिदा हुँदै ,चलखेल असफल

प्रकाशित मिति

२०७९ बैशाख १७ गते, शनिबार ११:४७

१७ बैशाख २०७९, काठमाडौँ :  सशस्त्र प्रहरी बलमा सेवा अवधि बढाउने चलखेल बन्द भएको छ । वर्तमान सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले दुई वर्ष सेवा अवधि बढाएर आफू निरन्तर संगठन प्रमुख हुनका लागि गरेको चलखेल असफल भएपछि उनले शुक्रबार साँझ एआईजीहरुको लागि सूचना जारी गरेसँगै सो चलखेल बन्द भएको हो ।

National Life

‘बढुवाका लागि आवेदन माग गरेसँगै ३२ वर्षे सेवा अवधि लम्बाउने विषय सकिएको छ’, एपीएफ स्रोतले भन्यो । शुक्रबार महानिरीक्षक केसीले बैशाख १९ गतेपछि रिक्त हुने दुई एआईजी पदमा बढुवाका लागि सूचना जारी गरेका छन् । केसी आईजीपी भएपछि सशस्त्र प्रहरी बल नेपालको नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउने चलखेल शुरु भएको थियो । उनले नियमावली ६५ को १ को ‘क’ लाई सच्याएर दुई वर्ष थप्ने खेल शुरु गरेका थिए ।


सशस्त्र प्रहरी बलमा २१ दिनका लागि आईजीपी भएका उनले त्यसका लागि पहल गरिरहेका थिए । तर, चौतर्फी विरोध भएपछि यो योजना तुहिएको हो । उनी एमालेका उपमहासचिव विष्णु रिमाल नजिक थिए । त्यतिमात्र होइन आइजीपी केसीले आफू निकट रहेका व्यक्तिहरुलाई बढुवा गर्ने सूचना जारी गरेर काम गरेको देखाउनसमेत खोजेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै उनले निर्वाचन सेल बनाएर सबै कर्मचारीलाई ‘रोक कल’ त्यही सेलमा गराउन लगाएका थिए । ‘१९ दिने आईजीपी हुँदा पनि अघिल्लो आईजीपीको कार्यलाई उल्टाउने काम गरेका थिए’, स्रोतले भन्यो । उनी यही सोमबार अनिवार्य अवकाशमा जाँदैछन् । सरकारले ३२ वर्षे सेवा अवधि बढाएर ‘रिक्स’ लिन नचाहेपछि उनी बिदा हुन लागेका हुन् ।

प्रतिकृया