• २१ भदौ २०८३, आइतबार
  • ५ः०८ बेलुका

बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी

प्रकाशित मिति

२०७९ बैशाख १४ गते, बुधबार १०:४३

१४ बैशाख २०७९, काठमाडौं : बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ । बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको हो। पटकपटक सुनचाँदी पसलमा चोरी हुने भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरूको गुनासो रहेको छ ।

National Life

उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेको जनाइएको छ । सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू भएको छ । पसल राख्न भन्दै घर भाडामा लिएर भारतीय नागरिकहरूले चोरी गरेको आशंक गरिएको छ ।


योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए। कपडा पसल राख्न भाडामा लिएकै घरमा सुन पसल पनि थियो। सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताएका छन्।

Classic Tech Desktop

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजि भइरहेको जानकारी गराए।

प्रतिकृया