बिबेकशील साझा पार्टी बाट तारकेश्वर नगर प्रमुखमा महेश जङ्ग कुवरको उम्मेदवारी दर्ता
प्रकाशित मिति
२०७९ बैशाख १३ गते, मंगलवार १२:१६
१३ बैशाख २०७८, काठमाडौं : तारकेश्वर नगरपालिकाको मेयर पदको प्रत्यासीको रुपमा स्थानीय समाजसेवी श्री महेश जङ्ग कुवरले बिबेकशील साझा पार्टी बाट उम्मेदवारी दर्ता गराएका छन् । विगत दुई दशक भन्दा लामो समय देखी निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल रहेका कुँवरले मेयर पदको लागि तारकेश्वर नगरपालिकाबाट विवेकशिल साझा पार्टी मार्फत आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।
कुवँर राजनितिज्ञ भन्दा बढी समाजसेवी हुन् । विगत लामो समय देखी उनी राष्ट्रिय नागरीक विकास समाज नामक सामाजिक संस्थामा अध्यक्षका पदमा कार्यरत रहेका छन् ।

तारकेश्वर नगरपालिका अन्तर्गत शाङ्गला मा जन्मेका कुवँरले २०७२ सालको महा भूकम्पमा विभिन्न संस्थामा आवद्ध भई घाइते तथा घरबार विहिन परिवारलाई उपचार , लत्ता कपडा, खाद्यान्नको व्यवस्था गर्नुको साथै पिडितलाई उद्दार गर्नको निमित्त दिनरात खटेका थिए ।

उनले कोभिड १९ कोरोना भाइरसको महामारीको समयमा समेत पिडितहरुलाई ठूलो राहत दिएका छन् । दैनिक ज्याला गरी खाने मजदुरहरुलाई प्रतयेक दिन रत्नपार्क लगाएतका अन्य ठाउँमा बिहान बेलुकीको खानाको व्यवस्था मिलाउने देखि उपचारको लागि समेत आफै खटिएका थिए । यस्तै उनले कोभिडमा तारकेश्वर नगरपालिकालाई निशुल्क एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण समेत गरेका थिए ।
उनले पिडित ,अपाङ्गता भएका बालबालिकाको शिक्षाको क्षेत्रमा शैक्षिक सामाग्री, लत्ताकपडा लगाएतका सामाग्री वार्षिक रुपमा वितरण गर्दै आइरहेका छन् । सामाजिक पक्ष मात्र नभएर उनी सांस्कृतिक सम्पदा जोगाउनमा पनि उत्तिनै अग्रसर रही आएका छन् । आफ्नो व्यक्तिगत तर्फबाटै उनले शाङ्गलामा सार्वजनिक खाने पानि र मन्दिर बनाएका छन् । सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिले नै समाज बुझेको हुन्छ ।





प्रतिकृया