• ५ साउन २०८३, मंगलबार
  • ४:५५ बेलुका

डिएसपि हुँ भन्दै ठगी गर्ने पक्राउ

प्रकाशित मिति

२०७६ असार २७ गते, शुक्रबार ०७:५५

काठमाडौंः सीआईबीको डीएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सीआईबीको डीएसपी हुँ भन्दै ठगी गर्ने धादिङको धुनिवेशी नगरपालिका–२ का ३८ वर्षीय लुईटेल पक्राउ गरेको हो । लुईटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइबिमा कार्यरत डिएसपि हुँ मेरो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ पर्छ भनि पटकपटक भेट तथा फोन समेत गरी नगद १० हजार रुपैयाँ लिई सकेको र अन्य रकम माग गर्दै गरेको खुल्न आएको छ ।
उनको साथबाट रेडियो सेट १ थान, सो को चार्जर १ थान र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको र ठगीको आरोपमा मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ । पक्राउ परेका लुईंटेलले धेरैलाई ठगी गरेको हुनसक्ने बताइएको छ ।

प्रतिकृया