• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

आक्रमणमा संलग्न जनप्रतिनिधिलाई कारबाही नभए चकित्सकले कार्यक्षेत्र छाड्ने

प्रकाशित मिति

२०७६ असार २७ गते, शुक्रबार ०७:४३

डडेल्धुरा, शव पोष्टमार्टमा संलग्न चिकित्सकमाथि हातपात भएको विरोधमा अस्पतालका सम्पूर्ण सेवाहरु ठप्प गरेका डडेल्धुरा अस्पतालका चिकित्सकले कार्यक्षेत्र छाड्ने चेतावनी दिएका छन् । आक्रमणमा संलग्न जनप्रतिनिधिमाथि २४ घण्टाभित्र कारबाही नभए उनीहरुले कार्य क्षेत्र छोड्ने चेतावनी दिएका छन् । अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. जीवन खरेलले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा चिकित्सहरुलाई काम गर्ने वातावरण नभए र यस्तो असुरक्षित वातावरणमा काम गर्न नसकिने बताउदै २४ घण्टाभित्र दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ ।

२४ घण्टाभित्र दोषमाथि कारबाही नभए सम्पूर्ण चिकित्सकहरुले कार्य क्षेत्र छोड्ने ज्ञापनपत्रमा उल्लेख छ ।
चिकित्सकहरुलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न र दोषीमाथि कारबाही गर्न नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाका अध्यक्ष डा. प्रमोद जोशीले प्रहरी प्रशासन र सरकारसंग माग गरेका छन् ।

Kamana Sewa

प्रतिकृया