• २२ भदौ २०८३, सोमबार
  • ९ः२२ बिहान

चेन्नईलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा यथावत

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार ०६:५४

५ बैशाख २०७९, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ। साविक विजेता चेन्नईले भने पाँचौ हार ब्यहोर्नु परेको छ। आइतबार राति भएको खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो।

National Life

सुरुवमा ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। गुजरातका लागि डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय इनिङ खेले। कप्तान राशिद खान ४० र अभिनव मनोहरले १२ रन जोडे। चेन्नईका ड्वाने ब्राभोले ३ र महेश थिकसनाले २ विकेट लिए।


१ सय ६९ रनको योगफल बनाउन चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। अम्बाती रायडुले ४६ रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २२ रन जोडे। गुजरातका अल्जारी जोसेफले २ विकेट लिए। शीर्ष स्थानमा रहेको गुजरातले ६ खेलमा १० अंक जोडेको छ। नवौं स्थानको चेन्नईको दुई अंक छ।

Classic Tech Desktop

प्रतिकृया